२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

राजेश कुँवरको ‘बरि लै’ सार्वजनिक


0
Shares

काठमाडौं । गायक राजेश कुँवरको नयाँ एवं दोस्रो गीत सार्वजनिक भएको छ ।

पहिलो गीत सार्वजनिक गरेको एक वर्षपछि कुँवरले ‘बरि लै’बोलको गीत सार्वजनिक गरेका हुन् । चन्द्र चौधरीको शब्द, संगीत र संयोजन रहेको गीत अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको हो ।

मायाप्रेमका भाव समेटिएको गीतको भिडियो पनि राम्रो बनेको छ । ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा मानसी तामाङ, निकेश ढकाल, सागर लामा लगायतका नवकलाकारहरूको अभिनय छ ।

अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन् ।

गतवर्ष गायक कुँवरले चर्चित गायिका मेलिना राईसँग ‘सिङ्गापुरे सारी’ बोलको गीतमा आवाज दिएका थिए । गीतमा सुनिल क्षेत्री गायतका कलाकारहरूको अभिनय रहेको थियो ।