
एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती बिस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् ।
कुन्दुज शहरस्थित मस्दिजमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराएको बताइएको छ । मारिेनेहरु शिया समुदायका ब्यक्तिहरु रहेका छन् । अफगानिस्तानमा सक्रिया आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।
घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा तालिवानको कब्जा विरुद्ध सक्रिय आइएस र सुन्नी कट्टरपन्थीहरुको योजनामा विष्फोट गराइएको अनुमान गरिएको छ ।
सुन्नी चरमपन्थीहरुले उनीहरुलाई पाखण्डी भन्ने गर्दछन् । सो समूहले हालै अफगानिस्तानका पूर्वी भागका धेरै ठाउँमा बम विष्फोट गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्