१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्याय खाेज्दै पैदल काठमाडौं आएको टोली धर्नास्थलबाटै पक्राउ, सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीको तर्क


0
Shares

काठमाडौं । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

खाना खाईरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबर्जस्ती उठाएर भ्यानमा हाली लगेको हो । तर प्रहरीले भने चाडबाडका बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको तर्क गरेको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौं आएर धर्नामा बसेको थियो ।