१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण


0
Shares

एजेन्सी । साउदी अरेबियाको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् ।

यमनसंग सिमाना जोडिएको उक्त शहरको विमानस्थलमा शुत्ररबार राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना वंगलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थको भौतिक क्षति पनि ठूलो भएको जनाइएको छ ।

घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

आक्रणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ । गत अगष्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो ।