१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अब पानी कम पर्ने


0
Shares

काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भए तापनि यस वर्षको मनसुन केही पछाडि सरेको छ ।

हिजोदेखि यस वर्षको मनसुन नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट विस्तारै बाहिरिंदै गएको मौसम विभागले जनाएको छ ।

सामान्यतया अक्टोबर २ मा नेपालबाट मौसम बाहिरिने गरे पनि यो वर्ष भने औसत भन्दा केही ढिला गरी नेपालबाट बाहिरिने क्रम सुरु भएको हो । आगामी केही दिनमा देशका बाँकी भूभागबाट मनसुन बाहिरिदै जाने अनुमान गरिएको मौसमविद्ले जानकारी दिएका छन् ।