
फाइल तस्बिर
काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्न सुरु गरेको छ । कम्पनीले थापाथलीस्थित आफ्नै कार्यालय परिसरबाट खसी–बोका विक्री गर्न थालेको हो ।
कम्पनीले यो वर्ष खसी–बोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरेको छ । तर किलोमा १० रुपैयाँ छुट दिइएकाले खरिद कर्तालाई प्रतिकिलो ६४० रुपैयाँ पर्ने छ । गत वर्षको भन्दा यो दर ९० रुपैयाँ बढी हो । कम्पनीले यस पटक २ हजार बढी खसी बोका बिक्री गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्