१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियमित भत्ता पाउँदा खुसी हुदै दसैँको तयारीमा जुट्यो राउटे समुदाय


0
Shares

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैंको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दसैं टर्ने भएको छ ।

फिरन्ते राउटे समुदाय दसैंमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दसैं राउटेहरुको सवैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दसैंका लागि आंैशी अघि नै छाप्रोमा खशी भित्राइसक्नु पर्ने चलन छ । भत्ता पाएसँगै कतिपयले दशैका लागि खसी किनिसकेका छन् ।