१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीको महभीरस्थित कालीकगण्डकीमा मोटरेबल पुल निर्माण


0
Shares

म्याग्दी । महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा मोटरेबल पुल निर्माण भएपछि अन्तरदेशीय व्यापार वृद्धि हुने विश्वास गरिएको छ ।

महभीर र पोखरे बगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले १९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर–२ को सिमानास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।