
बर्दिया । हुलाकी राजमार्गअन्तर्गत बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
पुलको पूर्वीभागको पहिलो र दोश्रो पिल्लरको एक्सपान्सन जोइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायी रूपमा सञ्चालनमा आएको हो ।
तत्कालका लागि पुललाई सोझो बनाएर सञ्चालनमा ल्याइएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख गागलबहादुर भण्डारीले जानकारी दिनुभयो ।
पुलमा समस्या आउँदा ठूला, मझौला र हलुका सवारी साधनले महेन्द्र राजमार्ग भएर लामो यात्रा गर्नुपर्ने बाध्यता थियो ।
मोटरसाइकल यात्रीले भने राजापुरको दौलतपुरघाटको स्टिमर तरेर जोखिमपूर्ण यात्रा गर्दे आएका थिए । पुल सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायीले राहत महसुस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्