
प्रतीकात्मक तस्वीर । वेब ।
जनकपुर । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।
नगरपालिकाको वडा नम्बर ७ फुलगामाकी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
गुडियाले दुवै छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्