
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनामा गरिएको नमूना परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय २७ जना रहेका छन् । जसमा काठमाडौंमा १ सय ४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना छन् ।
यस्तै मन्त्रालयका अनुसार शनिबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ । मन्त्रालयका अनुसार नेपालमा हाल १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्