१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फेसन उद्योग चलायनमान बनाउन आर्ट एण्ड फेशन शाेको दशौं संस्करण हुँदै


0
Shares

काठमाडौं । कोरोनाका कारण सुस्ताएको फेसन उद्योग विस्तारै चलायमान हुन थालेको छ ।

विगत दुई वर्षयता संक्रमणका कारण सुस्ताएको फेसन उद्योगलाई पुरानै अवस्थामा फर्काउन आइसी कलेजले आर्ट एण्ड फेशनको १०औं संस्करणको अडिसन सुरु गरेको छ ।

आर्ट एण्ड फेसनको १०औं संस्करणमा नेपाली र पश्चिमेली संस्कृतिसँग सम्बन्धित पोशाक प्रदर्शन गरिनेछ । फेसन सोले नेपाली कला, संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुर्याउने आयोजकको रवि धमलाले बताउनुभयो ।

अडिशन राउण्डमा ३ सय बढी मोडलको सहभागी रहेको र ७३ जना बढी डिजाइनरले आफ्नो डिजाइन प्रस्तुत गरेको बताइएको छ । शोको फाइनल डिसेम्बर १८ मा हुनेछ ।