११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतमा किसान हत्या आरोपमा केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ


0
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्या आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ परेका छन् ।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेपछि उनी दोषी ठहर भएका हुन् । उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

केही साता अघि भारतको लखिमपुर खिरीमा क्षेत्रमा किसानको आन्दोलनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेको थियो । सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको थियो ।

किसान नेता राकेश टिकैतले घटना लगत्तै मिश्रालाइ पक्राउ गर्न दबाब दिँदै आएको थियो । किसानहरुले चारवटा माग राखेर आन्दोलन जारी राखेकै बेला सो घटना भएको हो ।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ । पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु आन्दोलनमा सहभागी भएका छन् ।