
तेह्रथुम । धनकुटाको महालक्ष्मी गाउँपालिका–१ मा ‘एक घर एक टनेल’ खेती अभियान गरिएको छ ।
टनेल प्रविधिमा किसान आकर्षित भएसँगै मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेका छन् । टनेलमा फलेको तरकारी उपभोगका लागि मात्र नभएर आम्दानीको स्रोतसमेत हुन थालेको स्थानीय किसान बताउँछन् ।
लेकाली क्षेत्र भएकाले यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माणेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाइएको छ ।
उपभोगपछि बचेको गोलभेँडा बिक्री गर्न सफल भएकोमा स्थानीय सीता थापा खुसी हुनुहुन्छ । टनेलमा किसानले साग, खुर्सानी, काउली जस्ता तरकारी उत्पादन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्