२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


प्रधानमन्त्री देउवा पोखरा जाँदै


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाँदै हुनुहुन्छ ।

देउवा, नेपाली सेनाको हेलिकप्टरमा आइतबार बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छ । लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजे राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नुहुनेछ ।

आइतबार राति पोखरामै बसेर प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उहाँको सचिवालयले जनाएको छ ।