१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला


0
Shares

सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ ।

सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचालु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो ।

तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न सकिएको थिएन । शनिबारबाट दुवै देशमा सवारी तथा पैदल मुख्य नाकाबाट आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

यसअघि औपचारिक रुपमा नाका नखुले पनी खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।