
काठमाडौं । दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।
असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।
११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ ।
गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् ।
यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्