३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल


0
Shares

एजेन्सी । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल भएको छ ।

चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले सो चट्टानको आयु करीब २ अर्व बर्षको हुने अनुमान गरेका छन् ।

उनका अनुसार चन्द्रमा लगभग ४ अर्ब बर्ष पुरानो हो जुन पृथ्वी जतिकै पुरानो हो । बैज्ञानिकहरुको टोलीले चन्द्रमा वरिपरिका क्षेत्रहरुको बर्ष निर्धारणका लागि चट्टानको नमुना संकलन गरेको जनाएका छन् ।

जोलिफले चीनको बेइजिङ प्रयोगशालामा यो चट्टानबारे थप अनुसन्धान गरी छिट्टै नया तथ्य सार्वजनिक गर्ने जनाएका छन् । चीनले चांग ई ५ मिसन गत २४ नोभेम्बरमा प्रक्षेपण गरेको थियो ।

यही मिसनले चार दशकको इतिहासमा चन्द्रमाको सतहको चट्टान पृथ्वीमा ल्याउन सफल भएको हो ।