१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा


0
Shares

एजेन्सी । दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किङग्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

दिल्लीले दिएको एक सय ७३ रनको लक्ष्य चेन्नाईले २०औं ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । टोलीका लागि ओपनर ऋतुराज गाइकवार्डले ७० रन बनाउँदा रोबिन सिंह उथप्पाले ६३ रनको योगदान गरे । दिल्लीका टम करनले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो । उसका लागि पृथ्वी शले
६० रन तथा ऋषव पन्तले ५१ रन जोडे ।

चेन्नईका जोस हेजलउडले दुई विकेट लिए । जितसँगै चेन्नाई फाईनलमा प्रवेश गर्दा दिल्लीले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । दोस्रो क्वालिफायरमा दिल्लीले आज हुने रोयल च्यालेन्जर्स बेङ्लोर र कोलकाता नाइट राइडर्सबिचको विजेतासँग खेल्नेछ ।