
एजेन्सी । तालिवानले सत्ता कब्जा गरेपछि बन्द रहेका अफगानिस्तानका बिद्यालयहरु दुई महिना पछी खुलेका छन् ।
हाललाई अफगानिस्तानको कुन्दुज, बल्ख, र सर ए पुल प्रान्त गरी तीन वटा प्रान्तका बिद्यालयहरु खुलेको हो भने बाँकी प्रान्तहरुमा पनि बिद्यालय खुल्ने तयारीमा रहेको छ ।
२ महिनासम्म बन्द भएको बिद्यालय खुलेपछी बिद्यार्थीहरुमा भने खुशियाली छाएको छ । तालीवान शासनको डरका बीच बिद्यालय खुल्दा तीनै प्रान्तका बिद्यालयहरुमा बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ ।
तालिवान सरकार अन्तर्गतको शिक्षा मन्त्रालयले नयाँ शिक्षा निती परिवर्तन गर्दै पुरुष र महिला बिद्यार्थीका लागि छुट्टै बिद्यालय र सोही अनुसार शिक्षक शिक्षिकाले अध्यापन गर्नुपर्ने नियम लागु गरेतापनि बिद्यालयहरुमा सो नियम पालना गरेका छैनन् । यद्यपि त्यहाँको शिक्षा मन्त्रालयले भने कुनै हस्तक्षेप गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्