६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत- डा भट्टराई


0
Shares

चितवन । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारी माथि गोली चलाइनु सरकारको गलत कार्य भएको बताउनुभएको हो ।

सुकुम्वासीहरुको समस्या समाधानमा कुनैपनि सरकारको स्पष्ट नीति नहुँदाको परिणाम अहिले भोग्नुपरेको बताउँदै डा भट्टराईले वास्तविक सुकुम्वासीको पहिचान गरेर तत्काल दीगो समाधान खोज्न आग्रह गर्नुभयो ।

आफू सरकारमा रहदा उक्त प्रयास गरेको बताउँदै छोटो अवधि भएको र विरोध धेरै भएकाले पूरा गर्न नसकेको बताउनुभयो ।

बुटवलको मोतिपुरमा कतिपय हुकुम्वासी भए छानविन गर्नुपर्नेमा गोली चलाइनु समाधान नभएको उहाँको भनाई थियो ।

सरकार विस्तारमा देखिएको विवाद ओली प्रवृत्ति जस्तै हुन लागेको भन्दै अहिलेको गठवन्धन सरकार विल्कुल फरक र विवाद रहित हुनुपर्नेमा उहाँको जोड थियो ।

साथै डा भट्टराइले अहिलेको सरकार पूर्ण अवधिभर रहनुपर्ने र पुरा कार्यकाल पूरा नगरे राम्रो सन्देश नजाने उहाँको भनाई थियो ।