१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुरको सानेपाबाट ठूलो मात्रामा पटका बरामद


0
Shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले ललितपुरको सानेपाबाट भारी मात्रामा पटका बरामद गरेको छ ।

सानेपाको गुसिङ्ग्गालस्थित एउटा टहरोमा भण्डारण गरिएको झण्डै १८ सय किलो पटका बरामद गरिएको हो ।

प्रहरीले पटका लुकाउने बाराको गढिमाइ नगरपालिक ३ घर भैइ गुसिङ्गाल बस्ने ३० वर्षका उमेश कुमार जैसवाललाई पक्राउ गरेको छ ।

दशै तिहार लागेपछि प्रहरीले चेकजाँचमा कडाइ गर्ने भएकाले जैसवालले पहिल्य नै पटका ल्याएर भण्डारण गरेको पाइएको महानगरिय अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताउनु भयो ।

पक्राउ परेका जैसवाललाइ मुलुकी अपराध सहिता २०७४ दफा ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ ।