
काठमाडौं । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त हुनुभएको छ ।
आज मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।
विश्वकर्माको आजै सपथ हुने जनाइएको छ । डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।
गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शपथका लागि तयारी गर्दै गरेका विश्वकर्मालाई मन्त्री नबनाएर विन्दुकुमार थापालाई मन्त्री बनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्