२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा ह्वात्तै बढ्यो खसी बोकाको कारोबार


0
Shares

धनकुटा । दशैं लागेसँगै धनकुटा सदरमुकामा खसी बोकाको कारोबार ह्वातै बढेको छ ।

व्यापारी र अन्य किसानले गाउँ– गाउँबाट बजारमा बिक्रिका लागि खसी बोका ल्याएसँगै कारोबार बढेको हो ।

यद्यपि धनकुटामा दशैंको समयमा कति खसी बोकाको कारोबार हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन । तर, पछिल्ला वर्षमा धनकुटाबाट खसीबोका निर्यात बढ्दै गएको पशुसेवा कार्यालयले जनाएको छ ।

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमक लगायतका पूर्वी शहर र काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको व्यापारीहरूको भनाइ छ ।