२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सन्दीप लामिछाने बने आईसीसीको ‘प्लेयर अफ द मन्थ’


0
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बरका लागि आईसीसीको ‘प्लेयर अफ द मन्थ’ बनेको छन् ।

बंगलादेशका नसुम अहमद र अमेरिकाका जस्करण मल्होत्रालाई पछि पार्दै लामिछानेले यस महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका हुन् ।

ओमानमा भएको आईसीसी विश्वकप लिग–२ मा ६ खेल खेलेका उनले १८ विकेट लिँदै ७.३८ को इकोनोमी राखेसँगै आईसीसीले उनलाई ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा राखेको थियो ।

लामिछानेले पपुपा न्यूगिनीविरुद्धको पहिलो खेलमा ३५ रन दिएर ४ तथा दोस्रो खेलमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।

महिलार्फको प्लेयर अफ द मन्थ भने इंग्ल्याण्डकी स्कीपर हेथर नाइट बनेकी छन् ।