२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापाका दुई लाख महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने


0
Shares

झापा । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

चाडपर्वको अवसरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो । पुस महिनासम्मा झापाका महिलाहरूकाे परीक्षण गरेस सक्ने उहाँले बताउनुभयाे ।‍

अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै महिलाहरूमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षण गरीने अस्पतालले जनाएको छ । अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने सम्पूर्ण महिलाहरूमा क्यान्सर रोग भए नभएको पत्ता लगाउन स्क्रिनिङ, मेमोग्रामसमेत गरिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले झापाका मात्रै दुई लाख महिलाको अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका महिलाको स्वास्थ्य जाँच गर्ने बताउनुभयो ।