२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


परनिर्भर दशैं : नूनदेखि सुनसम्म आयात

जहाँबाट आयो, त्यहि बाटो फर्कियाे रेमिट्यान्स

0
Shares

नारायणी लामिछाने
काठमाडौं । हरेक वर्र्षको दशैंमा कुल ग्राहस्थ्र्य उत्पादनको करिब २० प्रतिशत बढी खर्च हुने अनुमान गरिँदै आएको छ । बजारमा पैसा चलायमान देखिए पनि त्यो बाहिरिने स्थिति छ ।

बजारमा लत्ताकपडा, खाद्यान्न, खसी बोका खरिद गर्नेसम्मको भिड लाग्ने गरेको छ । नेपालमा भन्सामा प्रयोग हुने ग्यासदेखि जिउँदो खसी बोका, मासु, तेल, विलासी वस्तु, लत्ताकपडा, टेलिभिजन आयात हुने गरेको छ ।

भन्सार विभागको आर्थिक वर्ष २०७८/०७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार ३७ करोड बढीको जिउँदो जनावर र यस अवधिमा १ करोड १० लाख बढी रकमको मासु आयात भएको छ । दशंैमा नेपालमा मुख्यत भारत चीनलगायतका देशबाट लत्ताकपडा आयात हुने गरेको छ ।

हरेक वर्ष नेपालमा रेमिट्यान्स, पर्यटन लगायत क्षेत्रबाट विदेशी मुद्राको आर्जन हुने गरेको छ । तर, जब चाडबाड आउँदा त्यो रकम बजारमा निस्कन्छ अनि विदेशी सामग्री खरिदसँगै बाहिरिन्छ ।

चाडबाडमा कम किन्नुपर्ने बेलामा चाहिएको भन्दा पनि देखेको किन्ने प्रवृत्तिले पनि मानिसको दशैं खर्चको आकार बढिरहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको विश्लेषण छ ।

नेपालीको प्रमुख आम्दानीको स्रोत रेमिट्यान्स, पर्यटन र कृषि हो । तर, यी स्रोत पनि दिगो र प्रभावकारी बन्न सकेका छैनन् । नेपालीले हरेक वर्ष चाडबाडमा गर्ने खर्चको आकार बढिरहेको छ ।

विलासी वस्तुको बढ्दो प्रयोग तथा उत्पादनशीलताको अभाव हुँदा नेपालीले जहाँबाट आम्दानी गर्छन्, खर्च पनि सोही बाटो भने झैं भएको छ । वर्षेनी अरबौंको आयात हुँदा हरेक वर्षको चाड परनिर्भर बन्दै गएको छ ।