२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा केन्द्रीत– मन्त्री खतिवडा

राजनीतिमा लागेको ३० वर्षपछि मन्त्री भएका खतिवडालाई २१ संस्थाको स्वागत र सम्मान

0
Shares

हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा केन्द्रीत भएको बताउनुभएको छ ।

सोमबार हेटौंडामा भएको कार्यक्रममा मन्त्री खतिवडाले कोभिडको सम्भावित तेस्रो लहर मध्यनजर गरी १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले बालबालिकाको लागि १ करोड खोपको व्यवस्था गरिने जानकारी दिनुभयो । मन्त्री खतिवडालाई मकवानपुर उद्योग वणिज्य संघ, नारायणी यातायात कम्पनी, मकवानपुर निर्माण व्यवसायी संघलगायत २१ वटा संघसंस्थाले स्वागत गरेका थिए ।

खतिवडा राजनीतिमा लागेको ३० वर्षपछि मन्त्री बन्नुभएको हो ।