
काठमाडौं । दशैंअघिको अन्तिम दिन पनि सेयर बजार ऋणात्मक रहेर थामिएको छ ।
बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । कारोबार पनि साढें ३ अर्ब हाराहारीमा खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले ओरालो लागेर २६ सय ३९ कायम भएर थामियो ।
अधिकांश समूह राताम्मे रहे । लगानी र सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रहे बाहेक अरु सबै समूह दोहोरो अंकले ओरालो लागेका हुन् । निर्जीवन बीमा समूह सबैभन्दा उच्च ७८ अंकले र लघुवित्त समूह ६७ अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । १ सय ४२ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ३३ कम्पनीको बढ्यो भने ११ कम्पनीको मूल्य स्थीर रह्यो ।
प्रतिक्रिया दिनुहोस्