१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ७ सय ८५ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । नेपालमा आज ७ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार १ सय ९५ जनामा गरिएको परीक्षणमा ६ दशमलव ४ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका मध्ये काठमाडौंमा १ सय ९१, ललितपुरमा ७८ र भक्तपुरमा २८ जना गरी उपत्यकामा २ सय ९५ जना रहेका छन् । उपत्यकापछि झापा ,मोरङ् ,कास्की र रुपन्देही जिल्लामा बढी संक्रमित भेटिएका छन् ।

यस अवधिमा ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ ।

संक्रमितमध्ये ३ सय १४ जनाको आइसियू र १ सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।