१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जर्मनी बन्यो अर्को वर्ष हुने विश्वकपमा छनौट हुने पहिलो टोली


0
Shares

एजेन्सी । युरोपेली मुलुक जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ ।

गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो ।

विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी छँदा दोस्रो स्थानको रोमानियाको १३ अंक छ ।

गएराति भएका अन्य खेलहरुमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ६–० ले हराउँदा वेल्सले इस्टोनियामाथि १–० को जित निकाल्यो ।

यसैगरी चेक गणतन्त्रले बेलारुसलाई २–० ले पराजित गर्दा टर्कीले लात्भियामाथि २–१ को तथा नर्वेले मोन्टेनेग्रोमाथि २–० को जित निकाल्यो । क्रोएसिया र स्लोभाकियाले भने २–२ गोलको बराबरीमा चित्त बुझाए ।