
एजेन्सी । बिश्वका ठुला मुलुकहरुमा कोरोना संक्रमण दरमा कमी आएको छैन । अमेरिका, ब्राजिल र रुसमा कोरोना संक्रमण दर दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
जोन हप्किन्स बिश्वबिद्यालयका अनुसार यी राष्ट्रहरुमा खोप अभियानका बीच पनि कोरोनाको संक्रमण दर उच्च हुँदै गएको छ । रुसमा एकैदिन ९ सय ५७ बढीको ज्यान गएको छ भने संक्रमितको संख्या एकैदिन २४ हजार नाघेको छ ।
अमेरिकामा पनि दैनिक ८ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । त्यहाँ ७ दिनको अवधिमा ९६ हजार ५ सय बढी संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या ४ करोड ५२ लाख ४ हजार बढी छ ।
त्यहाँ हालसम्म ७ लाख ३३ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा पछिल्लो समय एकै दिन १ सय ८२ जनाको ज्यान गएको छ । धेरै समयपछि त्यहाँ एकै दिन यतिधेरै नागरिकको ज्यान गएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । ब्राजिलमा कोरोनाका कारण २ करोड १५ लाख संक्रमित हुँदा ६ लाख १ हजार २ सय बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्