
म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ ।
बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा जनशक्ति सबै विदेश जाने र घरमा बसेका बूढाबूढीले काम गर्न नसक्दा जमीन बाँझै राख्नु पर्ने अवस्था आएको हो ।
बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।
जमिन बाँझो राख्ने तर बजारबाट खाद्यान्नदेखि तरकारीसम्म किनेर खाने चलन पनि गाउँ गाउँमा मौलाएको छ । यातायातको सुविधाले छोएका फाँटहरुमा भने प्लटिङ गरेर खेतियोग्य जमिन मास्ने क्रम पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्