१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुतावासका कर्मचारीसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीले मनाए दसैं


0
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैं मनाउनु भएको छ ।

बेरीले कर्मचारी तथा उनीहरुको परिवारसँग दसैका शुभकामना आदानप्रदान गरेर साथै चंगा उढाएर दसैं मनाउनु भएको हो । बेरी सामाजिक सञ्जाल टुइटरमार्फत दूतावासका कर्मचारी तथा उनीहरुका परिवारसँग दसैं मनाएको जानकारी दिनु भएको हो ।

दुईटरमा उहाँ लेख्नुहुन्छ ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।’

त्यस्तै, राजदूत बेरीले सबै नेपालीलाई दशैंको शुभकामनासमेत दिनु भएको छ ।