१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङको वंगचुली क्षेत्र आन्तरिक पर्यटनको केन्द्र बन्दै, दशैंको विदा पारेर घुम्न जानेहरुको लर्को


0
Shares

दाङ । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको हो।

चिसो हावापानी,हरियाली र प्यूठानको धार्मिक स्थल स्वर्गद्धारी र हिमालसगँ दक्षिणतीर तराईका विभिन्न फाँटहरु यहाँबाट देख्न सकिने भएकोले बंगाचुली पर्यटकको केन्द्र बनेको हो । अहिले बंगचुलीमा सातै दिन पर्यटकको घुईचो देख्न सकीन्छ ।

समुद्री सतहदेखी १८ सय मिटरको उचाईमा रहेको यो स्थानमा पुग्न दाङको मुर्कुटीबाट कच्ची बाटो छिचोल्दै उकालो चढ्पछि बंगाचुली लेक पुग्न सकिन्छ । विभिन्न भौतिक संचनाहरु भ्यू–टावर, प्रतीक्षालय, नाचघर, पार्क, भ्यू–टावर संरक्षणकालागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्कीबाटो लगायतका संरचनाहरु निर्माण गरिएसगँै आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको हो ।

यस लेकबाट प्यूठान,रोल्पा, दाङका केहि स्थानसहित भारतको गोरखपुर समेत देखिने र गर्मी छल्न पर्यटकहरु यो लेक पुग्ने गरेका छन् । करिब दुई सय ५० रोपनी क्षेत्र रहेको यो ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब दुइ करोड पचास लाख रुपैयाँ खर्च भई सकेको छ । सामुदायिक वन क्षेत्रमा पर्ने यो ठाउँलाई दुई जिल्लाकै नमुना पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले काम भैईरहेको छ ।

दुइ जिल्लाको सिमानामा पर्ने यस पर्यटकीय क्षेत्रको बिकासका लागी प्यूठानको माण्डवी र दाङको बंगलाचुली गाउँपालिकालेसंयुक्त रुपमा दश करोड रुपैया लगानी गर्ने भएकाछन् । बंगलाचुली लेकमा अन्य भौतिक संरचना निर्माण गरि प्रचारप्रसार गर्न सके आन्तरिकका साथै बाह्य पर्यटकलाई आकर्षित गर्न सकीने थियो । त्यसैले यस ठाउँको पर्यटकीय बिकासकोलागि स्थानीयबासिन्दा जागरुक हुन् पर्ने देखिन्छ ।