
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रुपैयाँ पर्यटन रोयल्टी अझै कार्यान्वयनमा आउन सकेको छैन ।
२०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको ३० प्रतिशत पर्यटन रोयल्टी बापतको ४० करोड रुपैयाँ मध्ये करिब २२ करोड रुपैयाँ तत्कालीन जिल्ला विकास समितिले खर्च गर्न नसकेको हो ।
अर्थ मन्त्रालयले निकासाका लागि फुकुवा गरेको भए पनि आधिकारीक पत्र नआउँदा कार्यान्वयनमा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख वीरकुमार राईले बताउनुभयो । थन्किएको रोयल्टीलाई जिल्लाका विभिन्न स्थानीय तहमा आवश्यकताको आधारमा खर्च गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्