
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् ।
सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् ।
खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । गत साउनमा संन्यास लिएपछि पत्रकार सम्मेलनमा उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताएका थिए । त्यस्तै, उनले एकेडेमी खोलेर देशभर पु¥याउने समेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्