
तेह्रथुम ।दशै सुरु भएसंगै धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड लाग्न थालेको छ । गाउँलेहरु जम्मा भएर बाबियो बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरीन्छ ।
घटस्थापनाको दिन पिङ बनाएर तिहारसम्म खेल्ने गरीन्छ । दसैंको दिन टिका लगाइसकेपछि एक पटक धर्ति छाड्न पर्छ भन्ने मान्यताका साथ पिङ खेल्ने प्रचलन छ ।
तर पछिल्लो समय दसैं तिहारको मुख्य मनोरञ्जनको साधनको रुपमा रहेको पिङ लोप हुँदै गएको छ । गाँउमा युवा पुस्ता गाँउमा नहुँदा पिङ लोप हुँदै गएको हो ।
प्रतिक्रिया दिनुहोस्