
केशब कोइराला
बर्दिया । कुनैवेला यहाँ हराभरा खेतहरु, लहलाउँदा धान देखिन्थे जग्गा अहिले जंगल भएको छ । २०४० साल र त्यसपछीका वर्षहरुमा कर्णाली नदिको पुर्वि भंगालो गेरुवा नदिमा आएकोे वाढीले खेतीयोग्य जमिन कटान गरी वगर बनाएर प्रयोगमा नआएपछी जंगलमा परिणत भएको छ ।
वगरबाट जंगलमा परिणत भएको उक्त जग्गा निकुञ्ज क्षेत्र भित्र पर्ने भन्दै बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएका कारण उपभोग गर्न नपाएका हुन । तर स्थानीयको हातमा लालपुर्जा छ र वर्षौ देखि तिरो तिरेकै छन् । बगर जमिनमै बैकल्पिक खेती त के त्यसमा भएको बालुवा र ढुंगा उपयोग गर्नबाट समेत वञ्चित भएको कालुराम थारुले बताउनुभयो ।
गेरुवा नदीले हालसम्म गेरुवा गाउँपालिको करिव ७ सय विगाह खेती योग्य जमिन कटान गरेको छ । जसबाट दुई सय बढी स्थानिय प्रभावित भएको नदी कटान वाढी पिडित संघर्ष समिति गेरुवा अध्यक्ष कमल प्रसाद सुवेदी बताउनुहुन्छ ।
जग्गा बगर हुँदै जंगलमा परिणत भएपछी यहाँका स्थानियहरु निरास त छदैछन् । बगर जमिनमै बैकल्पिक खेती गर्ने सोच बनाएका जग्गाधनीहरुले पनि भोग चलन गर्न नपाउदा झन बढी पिडा थपीएको छ । २०६८ साल चैत्रमा सर्बोच्च अदालतबाट समेत उक्त निजी स्वामित्वका जग्गाहरुमा अध्ययन गरी संरक्षित जलाधारक्षेत्र घोषणा गर्न पहल निर्देशन दिएपनि आदेश दिएपनि हाल सम्म कार्यान्वयन हुन सकेको छैन ।
निकुञ्ज ऐनमा नै गेरुवा नदीको पश्चिमि किनारा निकुञ्जको हुने भएकाले आफूहरुले केही गर्न नसक्ने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
समस्या समाधानका निम्ति निकुञ्जको ऐनमा जे जस्तो उल्लेख गरिएपनी गेरुवा गाँउपालिका अध्यक्ष्य जमान सिंह केसी बताउनुहुन्छ ।
अन्यत्र जग्गा जमिन भएकाहरुले जेन तेन गरेर गुजारा चलाउने गरे पनि घरबास मात्रै भएकाहरुले भने हातमा पुर्जा देखाउनु बाहेक केही बिकल्प रहेको छैन ।
प्रतिक्रिया दिनुहोस्