१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रातो माटो बेचेर दशैं मनाउँदै


0
Shares

पाँचथर । घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं र तिहार नजिकिएसँगै रातो माटोले बजार पाउन थालेको छ ।

पाँचथरको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । रातो माटो प्रतिबोरा एक सय रुपैयाँसम्म बिक्री हुने गरेको बताइएको छ ।

फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक ५ लाख रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताउनुभयो । रातो माटो बिक्री गरेर दशैं तिहारका लागि खर्च जुटाउने गरेको स्थानीय बताउँछन् ।