
उपेन्द्र खनाल
तनहुँ । ब्यास नगरपालिकाको पोखरी भन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ । स्वदेशमै पसिना बगाऔ भन्ने उद्धेश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर हाँस पालनमा लागेपछि यस ठाउँमा कृषि कर्मममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ ।
युवाहरुले सञ्चालन गरेको यो फार्म अहिले हाँसको बथानले भरिभराउ छ । तर, लकडाउनका कारण बिक्रि गर्न योग्य हाँस बिक्रि हुन सकेको छैन । हाँस पालेर आम्दानी लिन सकिन्छ कि भनेर व्यवसाय गरेका यहाँका कृषक बिक्री गर्ने बेलामा बजार नहुँदा समस्यामा परेको अनिता ढकालको दुखेसो छ ।
अहिले बिक्रि गर्न योग्य भएका आठ हजार हाँस बिक्रि नहुँदा फार्ममै छन् । बिक्रि गर्ने बेलाका हाँस व्यापारी नआउँदा भने कृषकले दाना खुवाएरै राख्नुपर्ने बाध्यता छ । दैनिक एक लाख रुपैयाँको दाना हाँसलाइ खुवाउनुपर्ने भएपनि कृषकले अहिले ४० हजारको मात्रै दाना खुवाउने गरेका छन् । पछिल्लो समय कोरोनाका कारण भएको बन्दाबन्दिले गर्दा कृषकहरु मर्कामा परेका हुन ।
अरु बेला पन्ध्र सय रुपैयाँ प्रतिकिलो बिक्रि गरिदै आएको हाँस यतिखेर एक हजार रुपैयाँमा पनि बिक्रि हुन गाह्रो भएको कृषकको गुनासो छ । हाँसको लागि छुट्टा छुट्टै तीन ओटा पोखरी बनाईएको छ । काठमाडौ र चितवनमा हाँस बिक्रि हुने गरे पनि होटलहरु बन्द भएकाले हाँस बिक्रि हुन नसकेको फार्मका प्रोपाइटर इस्वरराज पन्थको भनाई छ ।
दैनिक एक लाख रुपैय बढीको हाँसको कारोबार हुने समय भएपनि बन्दाबन्दीले गर्दा अहिले दैनिक आठ हजारको मात्रै हाँस बिक्री हुने गरेको छ । बुटबलबाट एक सय बीस रुपैयाँमा खरिद गरी ल्याएर हाँस पालेका पन्थले बिक्री नै नभएपछि निरास बनेका हुन् । त्यसैले स्थानीय सरकारले यस्ता हाँसपालक कृषकको समस्यालाई समाधान गर्न सहजीकरण गरे हाँसपालक कृषकहरुको भलाई हुने थियो ।
प्रतिक्रिया दिनुहोस्