२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय ग्याँस बुलेटबाट गाँजा बरामद


0
Shares

काठमाडौं । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखेको (एन एल ०१ के ०७५४) नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

चेकजाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको हो । ट्याङ्कर चालक तथा धनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।