१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उरुग्वेमाथि ब्राजिलकाे सानदार जित


0
Shares

एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४–१ गोल अन्तरको सानदार जित निकालेको हो ।

ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे । उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । खेलको दसौं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनको यो ब्राजिलका लागि ७०औं गोल हो । खेलको १८औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । ५८औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।

खेलको ७७औं मिनेटमा सुआरेजले गोल गर्दै उरुग्वेलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा बार्बोसाले गोल गर्दै ब्राजिललाई ४–१ को जित दिलाए । यस जितसँगै ब्राजिलले ११ खेलमा ३१ अंक जोडेको छ । अपराजित रहेको ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ । उरुग्वे १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।