१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक सय तीन घरपरिवारलाई एउटा धारो


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ को पुरण्य गाउँमा एक सय तीन घर परिवारले एउटा धारोले गुजारा चलाउने बाध्यता भएको छ ।

दलित परिवारका ४ सयभन्दा बढी सदस्यहरुले गाउँको बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ भइसके पनि समस्याको समाधान हुन सकेको छैन ।

दलितहरुको मात्रै वस्ती रहेको यस गाउँमा बिहान उठेदेखि राती नसुतुन्जेलसम्म पानीको मात्रै चिन्ता हुने गरेको उनीहरु बताउँछन् । गाउँमा पानीकै कारण झगडा र घरेलु हिंसासमेत हुने गरेको स्थानीय बताउँछन् ।

बाक्लो बस्ती र बढी मतदाता भएको यस गाउँले चुनावका बेला दलका नेताहरुबाट आश्वासनहरु पाए पनि समस्या हल नभएको स्थानीय बताउँछन् । जिल्लाका राजनीतिक दलहरुले मात्र नभइ स्थानीय तहका जनप्रतिनिधिले समेत समस्या समाधानमा चासो नदेखाएको उनीहरुको आरोप छ ।