
काठमाडौं । थाइल्याण्डाका नरेश महावालिरालंकनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई राजकीय सम्मानयुक्त ‘फ्रा धम्मा शाक्य वंशीवसुत’ पदवी प्रदान गर्नेु भएको छ ।
गत असारमा थाइ राजसंस्था र थाई बौद्ध संघले तेस्रो वरियताको सो पदवी भिक्षु सुगन्धलाई प्रदान गर्ने निर्णय गरेको हो । हिजो थाइल्याण्डको बैंककमा एक समारोहमा शाही प्रतिनिधिले सो पदवीको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
एक वर्ष अघि चौथो तहको देवसमान ‘फ्रा देवशाक्य वंश पण्डित’ पदवी प्रदान गरेको थियोे । विश्व बौद्ध जगतमा सम्मानित र गौरवमय मानिएको यो पद पाउने उहाँ पहिलो नेपाली भिक्षु हुनुहुन्छ ।
उहाँले चार दशकदेखि थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पु¥याउँदै आउनु भएको छ । उहाँ थाइल्याण्डको उत्तरी क्षेत्रियको गर्भनर समेत हुनुहुन्छ । विभिन्न बौद्ध विश्वविद्यालयमा आवद्ध भिक्षु सुगन्ध थाइल्याण्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टरसमेत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्