१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

पर्यटक लोभ्याउन ज्यामरुककोटमा पूर्वाधार निर्माण गरिदै


13
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ स्थीत ज्यामरुककोटमा पदमार्ग, मन्दिर, विद्युत् सञ्चारलगायतका पूर्वाधारको विकास भएसँगै पर्यटक आउने सम्भावना बढेको छ ।

सदरमुकाम बेनीबजारदेखि करीव ४ किलोमिटरको दूरीरमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त पूर्वाधारहरु निर्माण गरीएको छ ।

यस क्षेत्रबाट धवलागिरि, निलगिरि, माछापुच्छ्रे, चुरेन, गुर्जालगायतका नौ वटा हिमश्रृंखाका साथै दर्जनौं गाउँ, वनजंगल र नदीहरूको नागबेली दृश्यसमेत देख्न सकिन्छ । त्यसैगरी धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ पनि देख्न सकिन्छ ।