
काठमाडौं । नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
माल्दिभ्सको राजधानी मालेमा गएराति भएको फाईनल खेलमा नेपाललाई ३–० ले हराउँदै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसिप जितेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले दोस्रो हाफमा लगातार तिन गोल गरेको हो ।
हारसँगै नेपालमो पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै रह्यो । नेपाल साफ च्याम्पियनसिप फुटबलको उपविजेता बनेको पनि यो पहिलो अवसर हो ।
साफ च्याम्पियनसिप फुटबलको यो १३ औं संस्करणमा पाँच राष्ट्र सहभागी थिए । राउण्ड रोबिन लिगको शिर्ष दुई स्थानमा रहँदै भारत र नेपाल फाईनलमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्