
काठमाडौं । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।
पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।
घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।
यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ-आफ्नो पुख्याैली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्