
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो ।
चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गएराति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो माने र मोहोमद सालाहले एक एक गोल थपे ।
गएरातिको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले हरायो । सिटीको जितमा केभिन डे ब्रायन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । म्यान्चेस्टर युनाइटेडलाई भने गएराति लेष्टर सिटीले ४–२ ले पाखा लगायो ।
प्रिमियर लिगकै अन्य खेलहरुमा एस्टन भिल्लालाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–२ ले हराँउदा साउथह्याम्प्टनले लिड्स युनाइटेडलाई १–० ले पराजित ग¥यो गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट १९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।
समान खेलबाट १८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्