२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते


0
Shares

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो साँझ दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।